काठमाडौं – ठूला करदाता कार्यालयले २५ कम्पनीलाई ताकेता गरेको छ । अधिकांश कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) संकलन गरे पनि सरकारलाई बुझाएका छैनन् भने केहीले आयकर बुझाउन बाँकी छ ।
कार्यालयले सोमबार २५ कम्पनीको सूची सार्वजनिक गरेको हो ।
ति करदाताहरूलाई कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको कार्यालयले जनाएको छ ।
सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्न कार्यालयले अनुरोध गरेको छ ।
तोकिएको अवधिभित्र वक्यौता कर रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ २५३ मा उल्लेखित सबै वा कुनै कारवाही गरी वक्यौता असुल उपर गरिने चेतावनी कार्यालयले दिएको छ ।
कर नबुझाउने कम्पनीहरुः
१. कृषि सामग्री कम्पनी लिमिटेड
२. उदयपुर सिमेन्ट उद्योग लि.
३. माउण्ट एभरेष्ट ब्रुअरी प्रा. लि.
४. पेन इंडिया इन्फ्राप्रोजेक्टस
५. हिमाल आइरन एण्ड स्टिल (प्रा.) लि.
६. शुभश्री अम्मी सिमेन्ट उद्योग प्रा. लि.
७. श्री जयन्ती निर्माण सेवा
८. गण्डकी विकास बैंक लिमिटेड
९. सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.
१०. नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लि.
११. अरनिको आँबुखैरेनी सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.
१२. जनक शिक्षा सामाग्री केन्द्र लि.
१३. सि.ई. कन्स्ट्रक्सन प्रा.लि.
१४. टाइगर्स ब्रुअरी इण्डष्ट्रिज प्रा.लि.
१५. सुविसु केवलनेट लि.
१६. इष्टर्न एजेन्सीज प्रा.लि.
१७. सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रा. लि.
१८. कशमस सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.
१९. बतास ब्रदर्श प्रा.लि.
२०. महालक्ष्मी वागर एण्ड केवल इण्डष्ट्रिज प्रा.लि.
२१. विशाल सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.
२२. ग्रीन हिल सिटी
२३. अयोकी सिम्बोल झेक्टर्स नेपाल प्रा.लि.
२४. शिव शिखर एप्रो प्रा. लि.
२५. कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij