२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

1.5K
Shares

काठमाडौं महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्टको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको ३ हजार ८८६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्र शेयरमा संस्थाका हाल विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थाका शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

संस्थाले तोकेको उक्त समयमा पनि संस्थापक शेयर विक्रीका लागि कुनै पनि आवेदन नपरेमा कम्पनीले अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij