२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

765
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १५ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij