काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर अवस्थामा छ भने चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य सोमबार कारोबार भएको मूल्यमा नै स्थिर भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६५० रुपैयाँमा किनबेच भईरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij