काठमाडौं – कृति भेन्चर फन्ड लिमिटेडले आगामी जेठ ८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा टिम कर्पोरेट सेन्टर, शक्ति विनायक कमार्ग, गैरीगाँउ, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने जनाएको छ ।