२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तको साधारणसभा आह्वान

आशा लघुवित्तको साधारणसभा आह्वान

1.5K
Shares

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते बनेपामा साधारणसभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सामान्य प्रस्तावहरु : सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्त वित्तीय स्थितिको विवरण सम्मको वासलात तथा आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने,  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सेवा सुविधाको निर्धारण गर्ने, संस्थापक समूहको ४ जना तथा सर्वसाधारण समूहको २ जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने, सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।

विशेष प्रस्तावहरुमा  संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने,  संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने, विविध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij