काठमाडौं – डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ
त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij