काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij