झापा- झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ। आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बिएन्डसी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।
मृतकको सनाखत हुन बाँकी छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij