२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

755
Shares

काठमाडौँ-  डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी डंगोलले तत्कालीन सनराईज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष लामो कार्य गरेको अनुभव सँगालेकी छन् ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्याङ्क विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दक्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास राखेको एशोसिएसनले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij