२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

900
Shares

काठमाडौं – सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि उनीहरुलाई ३५ दिनको अवधि दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजपत्रसहित लिखित निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij