२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

1.3K
Shares

काठमाडौं – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १० गते (सोमबार) बसेको बैठकले आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ का लागि लाभांश प्रस्ताव गरेको हो।

कम्पनी उक्त दुई आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्।

यसैबीच कम्पनीले आफ्नो वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा वैशाख ३१ गते ललितपुरको हरिसिद्धिस्थित नेवा ब्याम्बो कटेजमा बिहान ८ बजेबाट सुरु हुनेछ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ भने सर्वसाधारणका तर्फबाट सञ्चालकको निर्वाचन गर्नेछ। सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ भने आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १९ गतेदेखि वैशाख ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij