२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ह्वाइट लोटसले आइपीओ निष्काशन गर्ने

ह्वाइट लोटसले आइपीओ निष्काशन गर्ने

890
Shares

काठमाडौं – ह्वाइट लोटस पावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यस सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरे ।

ह्वाइट लोटस पावरले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij