२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १२.२९ अंकले बढ्यो

नेप्से १२.२९ अंकले बढ्यो

1.4K
Shares

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज आइतबार शेयर बजार नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १,९८४ दशलमव ४३ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका उपसमुहगत सूचकमध्ये बैंकिङ्ग र म्युचुअल फन्ड बाहेक सबै बढेका छन् । उत्पादत तथा प्रशोधनमुलक इन्डेक्स् सर्वाधिक १.९० प्रतिशतले बढेको बजारमा विकास बैंक १.०८, अन्य ०.९५, निर्जीवन बीम ०.९४ र लगानी ०.८४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij