२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित

एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित

725
Shares

काठमाडौं – नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।

समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij