२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागढुङ्गा–सिस्नेखोलाको मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’

नागढुङ्गा–सिस्नेखोलाको मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’

1.3K
Shares

काठमाडौं– नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ मार्गको आज (सोमबार) ब्रेक थ्रु भएको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर विस्फोट गराई मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकनमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफाको व्यवस्था गरिएको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij