काठमाडौं – नेपाली बजारमा सुनको मुल्य लगातार रेकर्ड कायम गरेको छ । बुधबार सुनको मुल्य ५०० रुपैयाँले बढेको छ । एक तोला सुनको प्रतितोला मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ ।मंगलबार सुनको मुल्यतोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij