काठमाडौँ -आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हाे।
कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका चाैलागाईले बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij