२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमले अदालतहरूमा दूरसञ्चार सेवा उपलब्ध गराउने

नेपाल टेलिकमले अदालतहरूमा दूरसञ्चार सेवा उपलब्ध गराउने

1.3K
Shares

काठमाडौं– नेपाल टेलिकमले विभिन्न अदालतहरूमा दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता सम्पन्न भएको हो।

सो सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार टेलिकमले तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटिटिएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउनेछ। हाल यो सेवा सम्पूर्ण उच्च अदालतअन्तर्गतका इजालसहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुने टेलिकमको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij