२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

2.8K
Shares

काठमाडौँ – सुनको मूल्यले बुधवारका दिन नेपाली बजारमा कीर्तिमानी कायम गरेको छ ।
सुनको मूल्य हालसम्मकै महँगो भएको छ। अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला १८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ । चैत १९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको थियो ।
त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij