२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.8K
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij