काठमाडौं – प्रभु बैंकको १ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ६० हजार २०९ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि निवेदन दिन सक्नेछन्। यसअघि बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले शेयर बिक्री खुला गरेको हो।
इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij