काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच आइतबार अर्थात चैत २० गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
जाल्पा ले १ कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्तले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij