२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२६ कम्पनीले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

२६ कम्पनीले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

1.7K
Shares

काठमाडौं – सरकारले २६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २६ ठेकेदार कम्पनी (निर्माण व्यवसायी) लाई कालोसूचीमा राख्ने भएको हो ।

कार्यालयले यसअघि नै एक सूचनामार्फत ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने आधार या प्रमाण भए एक महिनाभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन भनेको थियो । तर, उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij