२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यले बनायो नयाँ रेकर्ड

सुनको मुल्यले बनायो नयाँ रेकर्ड

8.8K
Shares

काठमाडौं– सुनको मुल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मुल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार सुनको मुल्य १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । सुनको मुल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो ।

आइतबार छापावाला सुनको मुल्य १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij