२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मैलुङ खोला जलविद्युतको शेयरमूल्य समायोजन

मैलुङ खोला जलविद्युतको शेयरमूल्य समायोजन

910
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो

नेप्सेले कम्पनीको २.२२११ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४७२ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij