२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

1K
Shares

काठमाडौँ – गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओको जिम्मेवारी दिएको हो ।

बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिने हुँदा बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई उक्त जिम्मेवारी दिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन / प्राध्यापन पेशामा संलग्न थिए।

ढकालको कार्यकाल सकिन लागेसँगै कम्पनी सचिवको जिम्मेवारी समेत उपाध्यायले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij