२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सदाबहार लोकगीत ‘ढुँगे बगर’ को ५० बर्ष पछि रिमेक

सदाबहार लोकगीत ‘ढुँगे बगर’ को ५० बर्ष पछि रिमेक

705
Shares

काठमाडौँ – बरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध कालजयी नेपाली लोक गीत ‘ढुँगे बगर माया ढुँगे बगर’… करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको थियो र हालसम्म पनि यो गीत उत्तिकै लोकप्रिय र सदाबहार छ कालजयी लोकगीतलाई यसका सर्जक, वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय लाल बहादुर खाती प्रति समर्पित गर्दै यसमा स्वर दिनु हुने उनै वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वरमा रिमेक गरिएको छ ।

रिमेक भर्सनमा गायिका तीर्थ कुमारी थापालाइ युगल गायनमा गायक सुरज कुमार थापाको स्वर तथा पुन: संगीत संयोजनमा रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा श्रव्य दृश्यको छायाँकन गरिएको छ।
शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ गीतको भिडियोमा निश्चल श्रेष्ठको छायाँकन, महेश्वर श्रेष्ठको डीओपी ,र बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ। भिडियोलाई तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि. ले निर्माण गरेको हो।

चर्चित डिजिटल प्लेटफर्मको हरुमा साथ साथै सुरज कुमार थाापाको नाम रहेको अफिसियल युट्युब च्यानल (Suraj Kumar Thapa) मा यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij