२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने

सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने

1.5K
Shares

काठमाडौं – सिटिजन्स बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौंकाे न्यूरोड शाखा र अछामको ढकारी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकका अनुसार काठमाडौं महानगरपालिका २४ मा सञ्चालनमा रहेको न्यूरोड शाखा हालको भवनबाट करिब २ सय मिटरको दूरीमा सर्नेछ । यस्तै, अछामको ढकारी गाउँपालिका १ स्थित रहेको ढकारी शाखा १ सय मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले जनाएको छ ।

चैत १८ गतेदेखि स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । साथै, न्यूरोड शाखाबाट प्रदान गरिएको लकर सेवा सुविधाका लागि समेत सोही शाखाबाट सञ्चालन हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij