काठमाडौं – चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता शेयर लक इनमा छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको शेयर गत कात्तिक १६ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको शेयर रजिस्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij