काठमाडौँ- निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।
गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। चलचित्रको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तीम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij