काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ५ देखि ११ गतेसम्म ग्लोबल मनी विकको उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी -याली समेत आयोजना गरेको थियो ।
संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनी विकले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij