२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

1.4K
Shares
काठमाडौं – माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत १२ गते) बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij