२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

1.4K
Shares

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानीको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड रूपैयाँ रहेको छ । सोही पूँजीको अधारमा कम्पनीले ७० करोड रूपैयाँ बराबरकै हकप्रद विक्री गर्ने निर्णय गरेको हो । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रूपैयाँ कायम हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी साधारण सभाबाट पारित भएपश्चात निष्कासन प्रक्रिया जानेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij