काठमाडौं – नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।
महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो । महराले इन्कारी बयान दिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij