२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

1.6K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बिक्रीमा राखिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij