२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौँ – प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनी रुबिका अग्रवालले ८४ हजार ८८२ कित्ता, बिनोद कुमार अग्रवालले १ लाख ७ हजार २२० कित्ता, स्विकृती श्रेष्ठले २८ हजार र निरंजन लाल श्रेष्ठले ८६ हजार ४६६ कित्ता शेयर बिक्रीमा लागि आवेदन दिएका हुन् ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौँमा आवेदन दिन सकिनेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij