काठमाडौं – नेपाल एसबीआई बैंक र सिदार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबीआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक तथा नेपाल एसबीआई प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् ।
उक्त सम्झौता, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, सिदार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितिमा सम्पन्न भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij