२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित

540
Shares

काठमाडौं – निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा पुनः राजेन्द्र मल्ल निर्वाचित भएका छन्। संघको आठौं साधारणसभाले मल्लको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो। नेपाल चेम्बर अफ कमर्सका अध्ययक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सका सञ्चालक हुन्।

साधारणसभाले उपाध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स)लाई निर्वाचित गरेको छ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स),  पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) छनोट गरिएको छ।

निर्जीवन बीमा व्यवसायी संघ नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij