काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको छ। दोहोरो अंकले बजार घट्दा ४८ कम्पनीको मात्रै शेयरमुल्य बढेको छ। यो दिन १८८ कम्पनीको शेयरमुल्य घट्दा ८ वटाको स्थिर रहेको छ।
आज बजारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर अग्रस्थानमा रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij