२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान

पिपुल्स हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान

1.3K
Shares

काठमाडौं – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (चैत ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा चैत ३० गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभाले कम्पनीको चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। अधिकृत र जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थाप शेयरधनीतर्फका ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij