२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजार ६.२४ अकंले घट्यो

शेयर बजार ६.२४ अकंले घट्यो

1.4K
Shares

काठमाडौँ – आज शेयर बजार सामान्य घटेर बन्द भएको छ ।  आज ६ दशलमव २४ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज शिवम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, सानोपुरको १८ करोड ८९ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १५ करोड ८१ लाख र घोराहि सिमेन्टको १० करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरालागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । कम्पनीको शेयर ७.०८ प्रतिशतले घटेको हो । साथै, पिपुल्प हाइड्रोपावरको ६.९१ प्रतिशत, मैलुङ खोलाको ४.५१ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार तीन उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको २.१० प्रतिशत, लाइफ इन्स्योरेन्सको ०.०६ प्रतिशत र माइक्रोफाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij