काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ प्रोटेक्ट योर मनि, सेक्युअर योर मनि भन्ने मूलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij