काठमाडौं- नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १ लाख ४० हजार ९६३ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमामा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेस गर्नुपर्ने छ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij