काठमाण्डौ- सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।
कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीसले जनाएको छ । यस हिसाबले कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।
बिक्री नभएको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाममा आउने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij