काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । फागुन २९ गने मंगलबार सभा सम्पन्न भएको हो ।
सभा प्रा.डा. गोविन्द सुवेदीको प्रमुख आतित्यथा र सञ्चालक समिति अध्यक्ष डा. मदन गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सभाले भविष्यमा अन्य कुनै लघुवित्त मर्जमा जाने निर्णय र काम गनसञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
कम्पनी सचिव जिवन खनालले प्रस्तु गरेको बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह र लेखापरीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रताप समेत सभाले पारित गरेको छ ।Nabil Box
साधारण सभामा शेयरधनीहरुले उठाएको प्रश्नहरुको जवाफ अध्यक्षको अनुमतिमा कम्पनी सचिवले दिएका थिए । अध्यक्ष श्रेष्ठले संस्थालाई अझ प्रभावकारी ढगले अगाडि बढाउने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij