काठमाडौं – नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् ।
बोर्ड अध्यक्षको लागि आवेदन दिनेमा राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, बोर्डमा निमित्त प्रमुख डा.नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा. केशब प्रसाद श्रेष्ठ , मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारि, प्रबिण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिइएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका हुन् । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ । मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij