काठमाडौं – मंगलबार सुनको मुल्य स्थिर रहेको छ । हिजो सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij