काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा १९४ कम्पनीको शेयरमुल्य बढेको छ भने ४६ वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ। आज ३०४ कम्पनीका ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५९ रुपैयाँमा किनबेच भएका छन्।
आज उच्च कारोबार भएका कम्पनीमा शिवम सिमेन्टः २२ करोड ९३ लाख रुपैयाँ, सोनापुर मिनरल्सः १८ करोड १३ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ७ करोड ९० लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ७ करोड २८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः ७ करोड १५ लाख रुपैयाँ, घोराही सिमेन्टः ७ करोड १५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः ६ करोड ७८ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सः ५ करोड ६१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ९ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ३ करोड ८० लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij