काठमाडौं – आज आइतबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१० अंकले बढेको छ । आज १.०८ प्रतिशतले नेप्से बढेर २०५२.६५ विन्दुमा कायम भएको छ । आज भएको करोबार मध्ये १९४ कम्पनीको शेयर बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर किनबेच भएको छ । आज सब इन्डेक्सको शेयर मूल्य सबैको बढेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij